उम्मेदवारले घोडा र घोडाको दानामा १ लाख ९० हजार खर्च गर्न पाउने

काठमाडाैं | बैशाख १९, २०७९

उम्मेदवारले घोडा र घोडाको दानामा १ लाख ९० हजार खर्च गर्न पाउने

काठमाडौं, वैशाख १८ गते । स्थानीय तह निर्वाचनअन्तर्गत महानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले साढे सात लाख खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले जारी गरेको खर्च सीमामा सो कुरा उल्लेख छ ।

 

महानगरका प्रमुख र उपप्रमुखले मतदाता नामावली खरिद गर्न एक हजार रुपियाँ खर्च गर्न पाउने छन् । त्यस्तै, सवारी साधन–घोडामा साढे एक लाख रुपियाँ र घाेडाकाे दानामा ४० हजार रुपियाँ खर्च गर्न पाउनेछन् । त्यस्तै गोठी–कार्यकर्ता परिचालनका लागि एक लाख ३९ हजार रुपियाँ र कार्यालय सञ्चालन गर्न एक लाख रुपियाँ खर्च गर्न पाउने भएका छन् ।

 

त्यस्तै, वडाअध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले तीन लाख खर्च गर्न पाउने आयोगले जनाएको छ । आयोगका अनुसार उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले साढे पाँच लाख खर्च गर्न पाउने छन् ।

 

उपमहानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले सवारी साधान–घोडाका लागि एक लाख दश हजार रुपियाँ खर्च गर्न पाउने छन् । साथै गोठी–कार्यकर्ता परिचालन र छाप एवम् विद्युतीय माध्यम अन्य प्रचारप्रसारका लागि एक–एक लाख रुपियाँ खर्च गर्न पाउने छन् ।

 

त्यस्तै, वडा अध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले साढे दुई लाख रुपियाँ खर्च गर्न पाउने छन् ।

 

यसैगरी, नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले साढे चार लाख रुपियाँ खर्च गर्न पाउने छन् भने वडा अध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले दुई लाख रुपियाँ खर्च गर्न पाउने व्यवस्था छ ।

 

गाउँपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले साढे तीन लाख रुपियाँ र वडा अध्यक्ष, वडा सदस्य महिला र दलित वडा अल्पसङ्ख्यक सदस्यले डेढ लाख रुपियाँ खर्च गर्न पाउने छन् ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्