उम्मेदवारले घोडा र घोडाको दानामा १ लाख ९० हजार खर्च गर्न पाउने
काठमाडाैं | बैशाख १९, २०७९
काठमाडौं, वैशाख १८ गते । स्थानीय तह निर्वाचनअन्तर्गत महानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले साढे सात लाख खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले जारी गरेको खर्च सीमामा सो कुरा उल्लेख छ ।
महानगरका प्रमुख र उपप्रमुखले मतदाता नामावली खरिद गर्न एक हजार रुपियाँ खर्च गर्न पाउने छन् । त्यस्तै, सवारी साधन–घोडामा साढे एक लाख रुपियाँ र घाेडाकाे दानामा ४० हजार रुपियाँ खर्च गर्न पाउनेछन् । त्यस्तै गोठी–कार्यकर्ता परिचालनका लागि एक लाख ३९ हजार रुपियाँ र कार्यालय सञ्चालन गर्न एक लाख रुपियाँ खर्च गर्न पाउने भएका छन् ।
त्यस्तै, वडाअध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले तीन लाख खर्च गर्न पाउने आयोगले जनाएको छ । आयोगका अनुसार उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले साढे पाँच लाख खर्च गर्न पाउने छन् ।
उपमहानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले सवारी साधान–घोडाका लागि एक लाख दश हजार रुपियाँ खर्च गर्न पाउने छन् । साथै गोठी–कार्यकर्ता परिचालन र छाप एवम् विद्युतीय माध्यम अन्य प्रचारप्रसारका लागि एक–एक लाख रुपियाँ खर्च गर्न पाउने छन् ।
त्यस्तै, वडा अध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले साढे दुई लाख रुपियाँ खर्च गर्न पाउने छन् ।
यसैगरी, नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले साढे चार लाख रुपियाँ खर्च गर्न पाउने छन् भने वडा अध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले दुई लाख रुपियाँ खर्च गर्न पाउने व्यवस्था छ ।
गाउँपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले साढे तीन लाख रुपियाँ र वडा अध्यक्ष, वडा सदस्य महिला र दलित वडा अल्पसङ्ख्यक सदस्यले डेढ लाख रुपियाँ खर्च गर्न पाउने छन् ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

